नियम ९
निर्देशकको काम कर्तव्य र अधिकार
निर्देशकको काम, कर्तव्य र अधिकार देहाय बमोजिम हुनेछ ः–
(क) ब्यूरोमा प्राप्त हुन आएका अपराधहरूको पूर्ण व्यवसायिक ढङ्गले अनुसन्धान तहकिकात गर्ने वा गराउने,
(ख) अनुसन्धान अधिकृतबाट भए गरेका अनुसन्धान तहकिकात कार्यको नियमित रुपमा अनुगमन तथा मूल्याङ्कन गर्ने,
(ग) अनुसन्धान अधिकृत एवं अनुसन्धान इकाई वा शाखा कार्यालयहरूको नियन्त्रण र रेखदेख गर्ने,
(घ) जघन्य, संगठित, बहुराष्ट्रिय प्रकृति तथा मानव अधिकारको गम्भीर उल्लंघन सम्बन्धी अपराधको अनुसन्धान तहकिकात सम्बन्धी विषयमा प्रहरी प्रधान कार्यालयमा राय सुझाव पठाउने,
(ङ) ब्यूरोको दैनिक प्रशासकीय कामकारबाही सञ्चालन गर्ने,
(च) अन्तराष्ट्रिय अपराध, सङ्गठित अपराधहरूको अनुसन्धान कार्यमा मित्र राष्ट्रका अनुसन्धान निकायहरूसँग समन्वय गरी कार्य सञ्चालन गर्ने,
(छ) अपराधको अनुसन्धान तहकिकात सम्बन्धी समसामयिक विषयमा मिडिया एवं सरोेकारवालाहरूसँग समन्वय गरी सूचना प्रवाहको व्यवस्था मिलाउने,
(ज) ब्यूरोमा कार्यरत जनशक्तिको वृत्ति विकास, तालीम तथा अन्य सुविधाहरू सम्बन्धमा योजना बनाउने र सो को कार्यान्वयनको लागि आवश्यक कार्य गर्ने,
(झ) ब्यूरोको कार्यप्रणाली, अनुसन्धान प्रणाली तथा अपराधको स्थिति बारे नियमित रुपमा प्रहरी महानिरीक्षक समक्ष प्रतिवेदन पेश गर्ने,
(ञ) ब्यूरोद्वारा गरिएका अपराधको अनुसन्धान तहकिकात सम्बन्धी क्रियाकलापहरूको वार्षिक प्रतिवेदन आर्थिक वर्ष समाप्त भएको तीन महिनाभित्र प्रहरी महानिरीक्षक समक्ष पेश गर्ने,
(ट) प्रहरी महानिरीक्षकबाट तोकिए बमोजिमका अन्य कार्य गर्ने ।.